नियम १२
धितोपत्र बजार मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सकिने
(१) नियम ३ बमोजिम निष्काशन गरिएको ऋणपत्रको धितोपत्र बजार मार्फत दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम दोस्रो बजार कारोबार गर्ने प्रयोजनको लागि बैङ्कले कारोबार गरिने ऋणपत्रको किसिम, रकम, व्याजदर, साँवा व्याज भुक्तानी अवधि लगायतका विवरण खोली धितोपत्र बजारमा सूचिकृत गराउनेछ ।
(३) उपनियम (२) बमोजिम बैङ्कले सूचिकृत गराएको ऋणपत्र दलाल वा बजार निर्माता मार्फत दोस्रो बजार कारोबार गर्न सकिनेछ ।